Dashi Tihar Offer Force Motors Nepal

दशैं तथा तिहारमा “फोर्सको १० अफर”

पोखरा ।

फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले यस वर्षकाे दशैं तथा तिहारलाई लक्षित गरी फोर्सको १० को  अफर ल्याएको छ । फोर्स मोटर्र्सले ‘फोर्स मोटर्स दसैं तिहारमा १० अफर’ ल्याएको हो ।

अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयरपार्ट्समा १० प्रतिशत छुट प्रदान गरिने महाप्रवन्धक मनोज इटानीले जानकारी दिए । १० पटकसम्म निःशुःल्क सर्भिसिङ प्रदान गरिनेछ भने १० जनालाई लक्की ड्रबाट सामसुङ A52 मोडलको स्मार्ट फोन उपहार प्रदान गरिनेछ ।

फोर्सको १० अफर अडियो

 

फोर्सको क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडेलका गाडीहरु खरिद गर्दा यो अफर पाउन सकिन्छ । फोर्स मोटर्स नेपालका तर्फबाट अहिलेसम्म कै सबैभन्दा ठूलो अफर ल्याएको इटानीले बताए ।

फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध छ । फोर्सको शोरुमहरु काठमाडौं, पोखरा, हेटौंडा, इटहरि, चितवन, बिराटनगर, झापा र जनकपुरमा रहेको छ ।

फोर्स मोटर्स द्धारा उत्पादित भिविन्न मोडेलका गाडीहरु
फोर्स मोटर्स द्धारा उत्पादित भिविन्न मोडेलका गाडीहरु

 

यसै गरी ट्राक्स कार्गोकिङ पिकअपको खरिदमा “८ महिना सम्म किस्ताब्याज तिर्न नपर्ने”, रु ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने” अथवा “स्क्रयाच कुपनमार्फत रु १ देखि ५ लाख सम्म पक्का” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ । यसै गरी Traveller (T2) 26 सिट क्षमता भएको मिनीबसको खरिदमा “७ महिना सम्मकिस्ताब्याज तिर्न नपर्ने” , “रु १२ लाखमात्र डाउन पेमेन्टमा गाडि निकाल्नमिल्ने” अथवा “स्क्रयाच कुपनमार्फत रु २ देखि ६ लाख सम्मपक्का ” मध्ये कुनै एक अफर रोजीरोजी लिन सकिनेछ ।

बिगत ७ बर्ष देखि फोर्स मोटर्स लि. ले नेपालमा आफ्नो आधिकारीक आयतकर्ता÷विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा. ली= मार्फत आफ्ना गाडिहरुको विक्रिवितरण गर्दै आईरहेको छ । उक्त कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) ३ बर्ष वा ३ लाख कि.मि. को इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्जइन्जिन जडित पिकअप, डेलिभरी भ्यान, बस आदि गाडिहरुको आयात तथा विक्रि वितण गर्दै आएको छ ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुन्सरीको इटहरी, कमवानपुरको हेटौडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको विर्तामोडमा, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडिहरु विक्रिवितरणमा ल्याइरहेको छ । यि शोरुममा विक्रि पछिका सेवाहरु (3S) सहितको सुविधा रहेको छ ।

LEAVE REPLY

Your email address will not be published.